नेपालका लागि · उपकरण, रेकर्ड र स्पष्ट अर्को कदम
गृहपृष्ठ / तपाईंको विवरणको गोपनीयता।

तपाईंको विवरणको गोपनीयता।

ArthaDiyo का सार्वजनिक पृष्ठ र पारिवारिक सेवाले खाता सत्र, रेकर्ड र सहायता इमेल कसरी प्रयोग गर्छन्।

समीक्षा: १६ अक्टोबर २०२६

सार्वजनिक वेबसाइट

सार्वजनिक पृष्ठमा खाता साइन इन आवश्यक छैन। विज्ञापन छैन। वैकल्पिक analytics तपाईंको अनुमतिपछि मात्र चल्छ। वेब सर्भरले सुरक्षाका लागि अनुरोधको समय, पथ र IP जस्ता पहुँच लग राख्छ। लग दैनिक घुमाइन्छ र सामान्यतया ७ दिनका घुमाइएका लग राखिन्छन्।

तपाईंको रोजाइमा सार्वजनिक Analytics

“Analytics अनुमति दिनुहोस्” रोजेपछि मात्र सार्वजनिक पृष्ठमा Google Analytics 4 लोड हुन्छ। कुनै रोजाइ नगर्दा वा अस्वीकार गर्दा analytics का अनुरोध वा cookie पठाइँदैनन्। तपाईंको रोजाइ यो ब्राउजरमा १८० दिनसम्म राखिन्छ। पृष्ठको तल “Analytics रोजाइ” बाट जुनसुकै बेला अनुमति फिर्ता लिन सक्नुहुन्छ।

अनुमति दिएमा प्रयोग भएको क्यालकुलेटरको नाम मात्र पनि पठाइन्छ, राखिएका अंक वा नतिजा पठाइँदैन। सार्वजनिक पृष्ठको ठेगाना र शीर्षक, रेफर गर्ने साइटको डोमेन, भ्रमणको समय, ब्राउजर/उपकरणसम्बन्धी सामान्य विवरण र अनियमित cookie पहिचान Google लाई पठाइन्छ। Google ले जडानको IP बाट अनुमानित क्षेत्र निकाल्न सक्छ। Analytics cookie को अवधि बढीमा १८० दिन हुन्छ; व्यक्तिगत event विवरण दुई महिनासम्म राखिन्छ, समष्टिगत रिपोर्ट लामो समय रहन सक्छ।

नाम, इमेल, BOID, Mero Share विवरण, पोर्टफोलियो, फारमका उत्तर वा निजी रेकर्ड analytics मा पठाउँदैनौँ। साइन इन र निजी ड्यासबोर्डमा analytics छैन। query वा fragment भएको URL मापन हुँदैन। विज्ञापन, Google Signals र विज्ञापनका लागि व्यक्तिगत विवरण संकलन बन्द छन्। Google ले विदेशमा पनि विवरण प्रशोधन गर्न सक्छ। Google को गोपनीयता नीति पढ्नुहोस्। अनुमति फिर्ता लिनुले पहिलेका समष्टिगत रिपोर्ट हटाउँदैन।

सार्वजनिक चेकलिस्ट

चेकलिस्ट र हिसाब तपाईंको ब्राउजरमै चल्छन्। “यस उपकरणमा राख्नुहोस्” थिचेपछि मात्र चेकबक्सको अवस्था ब्राउजरमा बचत हुन्छ। “मेटाउनुहोस्” ले त्यो प्रतिलिपि हटाउँछ। नाम वा खाताको विवरण नराख्नुहोस्।

पारिवारिक सेवा

पारिवारिक ड्यासबोर्डमा Google sign-in प्रयोग हुन्छ। साइन इन पृष्ठमा Google को बटन लोड हुन्छ र प्रमाणीकरणका लागि Google सँग सञ्चार हुन्छ। परिवारको नाम, DP र BOID का अन्तिम चार अंकजस्ता सीमित प्रोफाइल तथा आफूले राखेका रेकर्ड तपाईंको कार्यक्षेत्रमा बचत हुन्छन्। पासवर्ड साइन इनका लागि मात्र पठाइन्छ र बचत गरिँदैन। transaction PIN लिइँदैन।

अस्थायी खाता सत्र encrypted, HttpOnly, Secure cookie मा बढीमा एक घण्टासम्म राखिन्छ। पढिएका निजी रिपोर्ट पृष्ठको memory मा रहन्छन्। तपाईंले निर्यात गरेका फाइल तपाईंको जिम्मामा रहन्छन्।

सहायता, हटाउने अनुरोध र सेवा प्रदायक

इमेल पठाउँदा तपाईंको इमेल ठेगाना र सन्देश Gmail मा पुग्छ। arthadiyo.com र पारिवारिक रेकर्ड DigitalOcean मा रहन्छन्। Google ID, इमेल र नाम साइन इनका लागि राखिन्छन्। साइन इन सात दिन र Mero Share सत्र एक घण्टासम्म रहन्छ। पुरानो निजी बीटा अलग छ; रेकर्ड स्वतः सारिँदैन। वाचलिस्टको म्याद १५ मिनेटमा जाँचिन्छ र ड्यासबोर्डभित्रका सूचना ३० दिन राखिन्छन्। पारिवारिक सेवाको archive सात दिनसम्म पुनः प्राप्त गर्न सकिन्छ। पछिल्ला सात दैनिक database backup यही सर्भरमा सीमित पहुँचमा राखिन्छन्। अर्को सर्भरमा backup छैन। archive लाई तुरुन्त स्थायी मेटिएको नमान्नुहोस्।

गोपनीयतासम्बन्धी अनुरोध: wallsa01@gmail.com.